अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी बाढीपछि नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन पाँच क्षेत्रमा काम अघि बढाइरहेको बताएका छन्।
बीबीसीसँग कुरा गर्दै उनले लामो आर्थिक मन्दीबाट उठ्न प्रयासरत नेपालको अर्थतन्त्र भीषण विपद्को प्रहारबाट थप शिथिल हुन सक्ने अवस्थामा अर्थतन्त्रलाई पुनः गतिशील बनाउन अघि बढिरहेको उनले बताएका हुन्। उनका अनुसार बाढी प्रभावित क्षेत्रका व्यवसायका लागि ‘बिजनेस रिकभरी प्याकेज’ ल्याइएको छ। उक्त प्याकेज मन्त्रिपरिषदबाट पारित भइसकेको छ।
त्यस्तै, पुँजी बजार सुदृढीकरण तथा सेयर मार्केट सुधार योजना अघि बढाउने तयारी गरिएको उनले बताए। निजी क्षेत्रको पुनरुत्थानका लागि आर्थिक सहुलियत तथा लगानी प्रोत्साहन प्याकेज ल्याउने योजना पनि रहेको उनले उल्लेख गरेका छन्।
सो अवसरमा उनले नेपाललाई एफएटिएफको ‘ग्रे सूची’ बाट शीघ्र बाहिर निकाल्ने रणनीति बनाइएको बताए। यससँगै बाढीबाट भएको क्षति-नोक्सानीको अनुमान गरी पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत व्यवस्थापन गर्ने योजना रहेको समेत उनले जानकारी दिएका छन्।
प्रकाशित: २२ भाद्र २०८३ १०:११ सोमबार





