२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकको काममा कुनै अप्ठ्यारो पारेको छैन : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकको काम कारबाहीमा कुनै अप्ठ्यारो नपारेको स्पष्ट पारेका छन्।

प्रतिनिधि सभाको अर्थसमितिले शुक्रबार सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै गभर्नर पौडेलले अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकलाई अप्ठ्यारोभन्दा झनै राम्रो गराइरहेको स्पष्ट पारे।

‘नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकको काम कारबाहीलाई झनै राम्रो बनाइरहेको छ’, उनले भने, ‘अहिलेसम्म हाम्रो अनुभवमा अर्थसचिवको सञ्चालक समितिमा भएको उपस्थितिले हस्तक्षेप भएको हामीले पाएका छैनौँ।’

गभर्नर पौडेलले राष्ट्र बैंकको काम कारबाही गर्न र सञ्चार गर्नका लागि भने झनै सरल भएको अनुभव गरेको बताए।

नेपाल राष्ट्र बैंकको काम कारबाहीमा नेपाल सरकारको स्वीकृति लिनका लागि सहज भएको उनको भनाइ थियो।

प्रकाशित: १ श्रावण २०८३ १८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App