सरकारले यो वर्ष ६७ करोड ५० लाख रुपैयाँको धान खरिद हुने भएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा चालु आर्थिक वर्ष २०८३/८४ मा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गर्ने भएको हो। मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम सर्मथन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकम बराबारको धान खरिद गर्ने भएको हो ।
धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने योजना बनाएको छ । कृषि मन्त्री चौधरीले धान खरिद गर्ने निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत पर्ने भएकाले मन्त्री चौधरीले समन्वय गरेर सो धान खरिद पक्रिया अधि बढाउन आग्रह गर्नु भएको छ ।
आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मोटा धानको प्रति क्वीन्टल ३ हजार ६६० र मध्यम धानको प्रति क्वीन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ । यो मूल्य कार्यान्वयनका लागि मन्त्री चौधरी सम्बन्धित निकायसँग समन्वय गरिरहनुभएको छ ।
धान खरिद प्रक्रिया दसैँ र तिहारको बीचमा सुरु गर्ने योजना रहेको उद्योग मन्त्रालयको योजना छ । धान खदिका लागि मन्त्री चौधरी नियमित समन्वय गरि रहनुभएको छ ।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया अघि बढाउँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने मन्त्री चौधरीको अपेक्षा छ ।
प्रकाशित: २६ आश्विन २०८३ १५:५६ सोमबार




-600x400.jpg)
-600x400.jpg)