२७ वैशाख २०८३ आइतबार
image/svg+xml
अर्थ

सकियो दशौं भक्तपुर महोत्सव: एक लाख अवलोकनकर्ता, तीन कारोडको कारोबार

दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा करिव एक लाख मानिसले अवलोकन गरेको आयोजकले दाबी गरेको छ। १२ दिनसम्म चलेको महोत्सवमा तीन करोड रुपैयाँं बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन्।

“उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरेका थियौ,” अध्यक्ष महतले भने। महोत्सवमा स्थानीय उत्पादन, हस्तकलाका सामाग्री समेत राखिएको थियो। महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू थिए। ती स्टलमा रहेका व्यापारी साथीहरुले करिब ३ करोड रुपैँया बराबारको व्यापार गरेको जनाइएको हो।

दैनिक रुपमा चर्चित कलाकारहरुले सांगीतक प्रस्तुती र महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउलगायतका मनोरञ्जनात्मक खेलका साधनहरू राखिएको महोत्सवका संयोजक दीपक थापाको भनाई रहेको छ।

महोत्सवको समापन समारोहमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले यस्ता खालका महोत्सवले स्थानीय बजार चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। “रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणमा गर्न समेत टेवा पुग्ने विश्वास लिएको छु,” नगरप्रमुख थापाले भने। भक्तपुर जिल्ला र सूर्यविनायक नरगपालपालिकाको साँस्कृतिक तथा पर्यटकिय गतिविधिलाई बढाउने महोत्सवलाई नरगपालिकाले सधै साथ दिन उनको भनाई रहेको छ।  

महोत्सवमा नृत्य प्रतियोगीता, प्रथमलाई २० हजार पुरस्कार

दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा नृत्य प्रतियोगीता सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा रतिश गिरी प्रथम हुदैं नगद रु. २० हजार पुरस्कार प्राप्त गरेका छन् । दोस्रो स्थानमा अन्नी तामाङले नगद १० हजार, तेस्रो स्थानकी स्प्रीका शाहीले ५ हजार नगद पुरस्कार प्राप्त गरिन् । 

रेम्बो तामाङ र रेविका लामाले सान्तवना भएका दुई जनाले जनही २ हजार ५ सय नगद पुरस्कार पाएका छन् । सो अवसरमा समय समाज साप्ताहिककी पत्रकार सिर्जना खतिवडालाई नगद रु. ५ हजारसहित सम्मान गरिएको थियो ।

प्रकाशित: ८ वैशाख २०८३ १९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App