२७ वैशाख २०८३ आइतबार
image/svg+xml
अर्थ

बुढी गण्डकी जलविद्युत आयोजनामा सभामुखको चासो, सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिसँग छलफल

सभामुख डोल प्रसाद (डीपी) अर्यालको सहभागितामा बुढी गण्डकी जलविद्युत आयोजना सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिसँग छलफल गरेका छन्।

छलफलपछि सभामुख अर्यालले आयोजनाको निर्माण प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने बताउँदै कार्यान्वयनलाई फास्ट ट्र्याकमा लैजानुपर्ने बताएका थिए। “आयोजना सम्पन्न नगर्नुको विकल्प छैन । कि त सरकारले आयोजना बन्न नसक्नुको कारण स्पष्ट पार्नुपर्छ, अन्यथा अबका दिनमा कार्यान्वयनमा एक दिन पनि ढिलाइ हुनु हुँदैन,” उनले भने।  

छलफलमा अर्थमन्त्री स्वर्णीम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल तथा सांसदहरू कबिन्द्र बुर्लाकोटी, बोधनारायण श्रेष्ठ, आशिका तमाङ, शोभा खनाल र एन्जिला गुरुङको सहभागिता थियो ।  

त्यसैगरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणकर भट्ट, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको पनि उपस्थिति रहेको थियो ।

बैठकमा बुढी गण्डकी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले आयोजनाको वर्तमान अवस्था र आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित: ४ वैशाख २०८३ २०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App