१० मंसिर २०८३ बिहीबार
image/svg+xml
अर्थ

सेयर बजारमा झिनो सुधार, १६५ कम्पनीका लगानीकर्ता घाटामा

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई दशमलव २६ अंकले बढेर दुई हजार ६२३ दशमलव ५६ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५१ अंकले बढेर ४७८ दशमलव ५२ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव २६ अंकले बढेर १८२ दशमलव ६३ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४१ अंकले बढेर १६२ दशमलव ४२ मा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार ५९० रुपैयाँमा खरिदबिक्री भएको छ। विभिन्न १३ उपसमूहमध्ये चार उपसमूह बढे भने नौ उपसमूह घटे। आज १०५ कम्पनीको सेयर बढेको छ भने १६५ कम्पनीको सेयर घटेको छ। त्यस्तै १० कम्पनीको सेयर स्थिर रहेको पाइएको छ।

नेप्सेका अनुसार मेन्छियाम हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, भूगोल हाइड्रोपावर तथा भिजन लुम्बिनी ऊर्जा कम्पनी, सिटिजन सुपर ३० म्युचुअल फन्ड र स्वस्तिक लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले आफ्नो लगानीको केही अंश गुमाए।

प्रकाशित: ७ मंसिर २०८३ १६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App