२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

गाउँमै प्राङ्गारिक मल उत्पादन सिरिजङ्गा

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले गाउँमै प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादक किसान तथा संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ।

कोशी प्रदेश सरकारको सर्तसहितको अनुदानबाट प्राप्त ‘प्राङ्गारिक खेती प्रवर्द्धनका लागि प्राङ्गारिक (जैविक) जीवाणु मल प्रयोगमा प्रोत्साहन’ कार्यक्रम कार्यान्वयन गर्दै पालिकाले मल उत्पादनका लागि प्रस्ताव आह्वान गरेको हो।

यस कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार नेपाल सरकारले तोकेको गुणस्तर मापदण्ड पूरा भएको मल उत्पादन गर्ने कृषक वा संस्थालाई पालिकाले अनुदान दिनेछ।

पालिकाको कृषि विकास शाखाको सिफारिस बमोजिम खरिद गरिएको मलमा उत्पादकलाई प्रतिकिलो वा प्रतिलिटर १० रुपैयाँका दरले नगद अनुदान उपलब्ध गराइने आङदेम्बेले जानकारी दिए। 

पालिकाले मल उत्पादक सूचीकरणका लागि आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ।

आङदेम्बेका अनुसार मल उत्पादक सूचीकरणका लागि  सम्बन्धित वडा कार्यालयको सिफारिस, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, सम्पत्ति कर चुक्ताको प्रमाणपत्र, समूह वा समितिको हकमा निर्णयको प्रतिलिपि, लेखा परीक्षण प्रतिवेदन, स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि आवस्यक पर्छ।

प्रकाशित: ५ पुस २०८२ १५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App