५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अर्थ

असार महिनाका लागि सात बैंकले ब्याजदर घटाउँदा १३ मा स्थिर

वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

यो महिनामा २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

ब्याजदर घटाउने बैंकहरुमा एनआईसी एशिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंक रहेका छन्।

यस्तै, असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.२७ प्रतिशत विन्दुमा झरेको छ। जेठ महिनामा यसको औषत ४.३४ प्रतिशत विन्दुमा थियो।

यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ०.२ प्रतिशतले घटेको छ। जेठमा ३.२० प्रतिशत रहेको संस्थागत निक्षेपको ब्याजदर असारमा ३.१८ प्रतिशत पुगेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८३ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App