१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

साढे नौ महिनामै वर्षको लक्ष्यभन्दा बढी उठ्यो राजस्व

कपिलवस्तुका यशोधरा गाउपालिका स्थित सुठौली भन्सारमा चालु आर्थिक बर्षको साढे नौ महिनामा बार्षिक लक्ष्य पार गरी एक अर्ब १७ करोड राजस्व संकलन गरेको छ ।  

सुठौलीमा चालु आर्थिक बर्ष २०८२/०८३ को साउन देखि बैशाख दोश्रो साता मै बार्षिक लक्ष्य भन्दा बढी राजस्प संकलन भएको हो । चालु आर्थिक बर्षकालागि भन्सारमा १ अर्व १० करोड ५२ लाख ५२ हजार लक्ष्य तोकिएको छ । बैशाख दोश्रो साता भित्रै बार्षिक लक्ष्य पार भएको सुठौली भन्सार कार्यालयका प्रमुख किरन बिष्टले बताए ।  

चालु आर्थिक बर्षको बैशाख २३ गते सम्म १ अर्ब १७ करोड राजस्व संकलन भई सकेको उनले बताए । बैशाख महिनाको २३ दिन मै ११ करोड बढी राजस्व संकलन भएको थियो । बैशाख महिनाकालागि ९ करोड ६६ लाख लक्ष्य तोकिएको छ । गत आर्थिक बर्ष २०८१/०८२ मा ८० करोड लक्ष्य तोकिएकोमा १ अर्ब ३ करोड ६६ लाख राजस्व उठेको थियो ।  

चालु आर्थिक बर्षको साउन र भदौमा मात्र लक्ष्य अनुसार राजस्व संकलन भएको थिएन । त्यस यता असोज देखि बैशाख महिना भित्र लक्ष्य भन्दा बढी राजस्व संकलन भएको छ । सबै भन्दा बढी चैत महिनामा नौ करोड १९ लाख लक्ष्य तोकिएकोमा १६ करोड ५५ लाख राजस्व उठेको छ । असोज महिनामा ९ करोड १७ लाख तोकिएकोमा १३ करोड ६१ लाख उठेको थियो ।  

मंसिरमा ९ करोड ३१ लाख लक्ष्यमा १२ करोड ६८ लाख,पुसमा ९ करोड ४७ लाख मध्ये १२ करोड ८२ लाख उठेको थियो । फागुनमा ८ करोड ७४ लाख लक्ष्य मध्ये १० करोड २१ लाख संकलन भएको थियो । साउनमा ९ करोड ११ लाख मध्ये ८ करोड ८८ लाख तथा भदौमा ९ करोड ५३ लाख मध्ये ९ करोड ४१ लाख रकम उठेको थियो ।  

आयत, मुल्य अभिबृद्धि कर, अन्तशुल्क कृषि सुधार शुल्क अन्य शीर्षकमा राजस्व संकलन भएको हो । सुठौली भन्सार कार्यालयका प्रमुख बिष्टले यही रफ्तारमा राजस्व संकलन भए १ अर्ब ४० करोड बढी राजस्व संकलन हुने बताए । चामल गहु उनले फलफुल, कोईला, खरानी, खाद्यान्न, तरकारी र केही अन्य सामानहरु आयात भइरहेको बताए ।  

सबैभन्दा बढि औधोगिक कच्चा पदार्थ, चामल, तरकारी फलफुल भित्रिने गरेको छ । प्लान्ट क्वारेन्टाईन कार्यालयले आईतावरका दिन चेकजाचको काम नगर्ने भएकाले केही असर गरेका बिष्टले बताए । 

प्रकाशित: २६ वैशाख २०८३ १९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App