३ असार २०८३ बुधबार
image/svg+xml
अर्थ

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

पछिल्लो २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १०६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३८ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८१, निषेधित क्षेत्रमा हर्न बजाउने १४१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६०९ जनालाई कारबाही गरिएको हो।

प्रकाशित: ३ असार २०८३ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App