नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीको मेडालियनको मूल्य तोकेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आजका लागि सुनको असर्फी र चाँदीको मेडालियनको बिक्री मूल्य कायम गरेको हो।
महाशाखाका अनुसार २.५ ग्रामको सुनको असर्फी प्रतिथान ६५ हजार ४०० रुपैयाँ र १० ग्रामको चाँदीको मेडालियन प्रतिथान ३ हजार ८०० रुपैयाँ कायम गरिएको छ।
राष्ट्र बैंकले उक्त मूल्यमा सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्ने जनाएको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १२:५४ बिहीबार





