बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आगामी आज (सोमबार)देखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो।
आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको मूल्यवृद्धिको समस्या समाधान गर्न यो अभियान सुरु गर्न लागिएको हो। बजारमा हुने गैरकानुनी क्रियाकलाप रोक्न यो सप्ताहव्यापी अभियानले ‘कोसेढुङ्गा’ को काम गर्ने विश्वास लिइएको छ।
सबै सरोकारवाला निकाय, नागरिक समाज र सञ्चारकर्मीलाई यस अभियानमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्नसमेत आग्रह गरिएको छ।
यो विशेष अभियान सोमबार सुरु भई आगामी जेठ ३ गतेसम्म सञ्चालन हुने तय गरिएको छ।
प्रकाशित: २८ वैशाख २०८३ १०:०६ सोमबार





