३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा पौडेल

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् ।  

चार्टर्ड एकाउन्टेन्ट पौडेललाई अर्थमन्त्रालयले चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।  

पुनर्बीमा कम्पनीका देवराज ढुंगाना अध्यक्ष थिए । ढुंगाना सुरक्षण मुद्रण प्रेसको कार्यकारी निर्देशक नियुक्ति भएपछि दोहोरो पदमा भए पछि विवाद भएको थियो । सरकारले ढुंगालाई हटाएर पौडेललाई नियुक्त गरेको हो ।

पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र उदयपुर सिमेन्टको महाप्रबन्धकको जिम्मेवारी पुरा गरिसकेका छन् ।

२०७१ फागुनदेखि ०७५ पुस १८ सम्म उदयपुर सिमेन्ट उद्योगमा काम गरेका पौडेलले अन्तिम २ वर्षमा उद्योगलाई नाफामा लगेका थिए ।  

त्यसैगरी ०७५ पुस २३ देखि २०७८ पुस २२ सम्म निगमको कार्यकारी निर्देशक थिए । दुवै संस्थामा पौडेलले सुधारको प्रयास गरेका थिए ।

प्रकाशित: २१ भाद्र २०८२ २१:२५ शनिबार