१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमले आइतबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ। यसैगरि, डिजेलको मूल्यमा भने लिटरमा तीन रुपैयाँले बढाइएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट नेपाललाई पछिल्लोपटक पेट्रोलको मूल्यमा दुई रुपैयाँ ५४ पैसाले बढेर आएको थियो। डिजेलको मूल्य ६ रुपैयाँ ५३ पैसाले बढेर आएको निगमले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०८२ २०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App