१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

पेट्रोलमा १ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

नयाँ मूल्यसूची आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा १ रुपैयाँ ५१ पैसा र डिजेलमा ५ रुपैयाँ २ पैसा बढेर आएको थियो।

यद्यपि, आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ मात्र बढाउने निर्णय गरेको निगमले जनाएकाे छ।

प्रकाशित: ३ फाल्गुन २०८२ २०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App