२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

व्यक्तिगत आयकरको सीमा १० लाख पुग्यो, ३६० वस्तुमा अन्तःशुल्क खारेज

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गरेका छन्।

मङ्गलबार आयोजित बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा अर्थमन्त्री वाग्लेले करको दरमा व्यापक हेरफेर गर्दै नयाँ बजेट सार्वजनिक गरेका हुन्।

अर्थमन्त्री वाग्लेले मध्यम वर्गलाई राहत दिने उद्देश्यले व्यक्तिगत आयकरको न्यूनतम सीमा वृद्धि गरी १० लाख रुपैयाँ पुर्‍याइएको घोषणा गरे।

यस्तै, व्यक्तिगत आयकरको अधिकतम दरलाई समेत १० प्रतिशत विन्दुले घटाइएको छ।

बजेटले उद्यम र व्यवसायलाई प्रोत्साहन गर्न करका दरहरूमा बृहत् पुनरावलोकन गरेको छ।

अर्थमन्त्री वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा एक तह न्यून हुने गरी २ सय ७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको जानकारी दिए।

यसैगरी, विद्यमान ११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको छ।

प्रकाशित: १५ जेष्ठ २०८३ १६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App