१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

दाङमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

दाङको घोराहीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका-१६ रातामाटा टोल निवासी ३५ वर्षीय निरज चौधरीको शुक्रबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, चौधरी घर नजिकैको खोल्सामा करेन्ट लगाएर माछा मारिरहेका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि गोरखा हस्पिटल घोराही लगिएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ८ कार्तिक २०८२ १९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App