‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासाथ अघि बढिरहेको एनआइसी एसिया बैंकले आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले एकदेखि तीन प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक गोल्ड लोन कर्जा योजना सार्वजनिक गरेको हो।
समयअनुसारको आवश्यकता र मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहक माझ प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको जनाएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले ५० लाख रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने छन्।
औसत आधार दरमा एकदेखि तीन प्रतिशतसम्मको प्रिमियम सुविधासहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको बार गोल्ड लोन तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सक्ने छन्।
साथै यस कर्जा योजनाअन्तर्गत गरगहना खरिद गर्नका लागि पनि कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ।
प्रकाशित: १९ माघ २०८२ ११:१६ सोमबार





