२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

नेप्सेद्वारा अन्तिम १५ मिनेटको औसत मूल्य व्यवस्था स्थगित

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ।  

नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २:४५ बजे देखि ३:०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो। उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले जानकारी दिए। उनले यो व्यवस्था स्थगन गर्न नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको बताए।  

सूचना अधिकारी पराजुलीले परिवर्तित व्यवस्थाको आज प्राविधिक परीक्षण हुने बताए। भोलि सार्वजनिक बिदा परेका कारण मङ्गलबारदेखि यो व्यवस्था लागू गरिने उनले जानकारी दिए।  

गत फागुनमा धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन), २०८१ संशोधन गरी उक्त विनियमावलीको विनियम ११ उपविनियम (७) मा २:४५ बजे देखि ३:०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने र सो अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था राखिएको थियो। रासस

प्रकाशित: ५ आश्विन २०८२ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App