२६ वैशाख २०८३ शनिबार
image/svg+xml
अर्थ

नेप्से २७ अंकले बढ्यो, कारोबार रकममा पनि सुधार

कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचकमा वृद्धि भएको छ।  

शुक्रबार नेप्से परिसूचक २७.४९ अंक बढेर २७४५.६५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.२४ अंक, फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२४ अंकले बढेको छ।

शुक्रबार कारोबार रकममा पनि ३५ करोड रुपैयाँले बढेको छ। आज ३३५ स्टकको ५३ हजार १४ पटकको कारोबारमा ३ अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँबराबरको ७४ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बिहीबार नेप्सेमा २ अर्ब ९३ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।

त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशत, होटल फरेष्ट इण्डको शेयरमूल्य करिब ८ प्रतिशत र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यद्यपि स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ६.५४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको होटल फरेष्ट इनको १३ करोड ८६ लाख ९४ हजार रुपैयाँबराबरको कारोबार भयो। रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १३ करोड र सोलु हाइड्रोपावरको कारोबार रकम १२ करोड रुपैयाँको कारोबार भएको छ।  

१३ उपसमूहमध्ये शुक्रबार १२ उपसमूहको परिसूचक बढ्दा व्यापार उपसमूहको परिसूचक स्थिर रहेको छ। 

प्रकाशित: २५ वैशाख २०८३ १५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App