८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अर्थ

१६.३८ अङ्कले बढ्यो नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार सात सय ५८ दशमलव ४९ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४० अङ्कले उकालो लागेर चार सय ७१ दशमलव ८९ मा पुगेको छ।

कूल तीन सय ३६ कम्पनीको एक करोड आठ लाख ८८ हजार सात सय ३९ कित्ता शेयर रु चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ मूल्यमा खरिद बिक्री भएका छन्।

कारोबार भएकामध्ये दुई सय तीन कम्पनीको शेयर मूल्य भने उकालो लागेको छ। यस्तै, ५७ कम्पनीको भने ओरालो लागेको छ। आठ कम्पनीको भने कुनै परिवर्तन भएको छैन।

कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ। यस्तै, रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी र बुङ्गल हाइड्रो शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

यस्तै, क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्स, माबिलुङ हाइड्रोपावर, बुंगल हाइड्रो, आँखुखोला जलविद्युत् कम्पनी र सेपुर खुदी हाइड्रोपावरका लगानीकर्ताले आज कमाएका छन्।

यस्तै, एनआइसी एशिया व्यालेन्स फण्ड,ग्लोबल आईएमई समुन्नत योजना दोस्रो, एबिएल डिबेञ्चर– २०९१, सानिमा बैंक डिवेञ्चर र स्वाभिमान लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन्।

प्रकाशित: ८ जेष्ठ २०८३ १५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App