१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
अर्थ

९ अङ्कले घट्यो नेप्से, ११ उपसमूह राताम्मे

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार सामान्य अङ्कले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य एक अङ्कले घटेर ४६६ दशमलव ६५ मा पुगेको छ।

फ्लोट सूचक शून्य दशमलव ६१ अङ्कले घटेर १७९ दशमलव ४६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४३ अङ्कले घटेर १५७ दशमलव ४४ मा पुगेको छ।

मंगलबार विभिन्न कम्पनीका एक करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर चार अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ मूल्यमा खरिद बिक्री भएको छ।

आज निर्जीवन बिमा र अन्य उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ उपसमूहको मूल्य घटेको हो। 

आज ६९ कम्पनीको सेयर बढेको छ भने १९९ कम्पनीको सेयर घटेको र १० कम्पनीको सेयर मूल्य स्थिर छ। नेप्सेका अनुसार आईसिएफसी फाइनान्स डिबेञ्चर, सयपत्री हाइड्रोपावर, नेपाल एसबिआई डिबेञ्चरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन्।  

त्यसैगरी सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, आरबिबी म्युचुअल फण्ड, मेगा म्युचुअल फण्डलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन्। 

प्रकाशित: १३ आश्विन २०८३ १६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App