२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अर्थ

नेप्से तीन हजार विन्दुबाट ओरालो लाग्यो, कारोबार रकम साढे १६ अर्बमा सीमित

कारोबार हुने साताको दुई दिन लगातार बढेको बजार परिसूचक नेप्से बुधबार भने घटेको छ । बुधबार कारोबार रकममा पनि उल्लेख्य गिरावट आयो । नेप्से परिसूचक बुधबार ४७.९३ अंकले घटेर २९५४.१४ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १०.७५ अंक, फ्लोट इण्डेक्स ३.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७४ अंकले घटेको छ।

मंगलबार १८ अर्ब बराबरको कारोबार भएको नेप्से बुधबार करिब साढे १६ अर्बमा सीमित भयो । ३२७ स्टकको १ लाख ४१ हजार ५२० पटकको कारोबारमा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँबराबरको ३ करोड ६४ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सान्भि इनर्जीको शेयर लगायतार नवौँ दिन र ट्रेड टावरको शेयर निरन्तर दशौँ दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी र सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ। ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य भने ८.०४ प्रतिशतले घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन रि इन्स्योरेन्सको १ अर्ब ३२ करोड १२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । हिमालयन डिष्टिलरीको ७३ करोड रुपैयाँभन्दा बढी र शिवम् सिमेन्ट्को ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

आज १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचकमात्र सामान्य बढेको छ। अन्य १२ उपसमूहको परिसूचक भने घटेको छ। 

प्रकाशित: १४ श्रावण २०८२ १६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App