११ असार २०८३ बिहीबार
image/svg+xml
अर्थ

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम दुई अर्ब ८३ करोडमा सीमित

नेप्से परिसूचकमा बिहीबार गिरावट आएको छ। पछिल्ला तीन कारोबार दिन घटेको नेप्से बिहीबार पनि ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.६४ अंक, फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा साढे एक अर्बभन्दा बढीले घटेको छ। बिहीबार ३३८ स्टकको ४६ हजार ७५१ पटकको कारोबारमा २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँबराबरको ६४ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार नेप्सेमा ४ अर्ब ४१ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।  

बिहीबार टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १३ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। बिहीबार नै भुजुङ्ग हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ११.०३ प्रतिशतले घट्यो।  

कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको सोपान फर्मास्यूटिकल्सको १२ करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सले १२ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकले साढे १० करोडको कारोबार गरे।  

१३ उपसमूहमध्ये बिहीबार उत्पादन तथा प्रशोधन उपसमूहको मात्रै परिसूचक बढ्यो भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। 

प्रकाशित: ११ असार २०८३ १५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App