२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अर्थ

नेप्से घट्नेक्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्नेक्रम मंगलबार पनि जारी रह्यो। नेप्से परिसूचक मंगलबार २७.६४ अंकले घटेर २५९५.२४ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.९३ अंक, फ्लोट इण्डेक्स १.९१ अंक र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंकले घटेपछि नेप्से प्रभावित बन्यो।  

कारोबार रकम पनि सोमबारको तुलनामा झण्डै एक अर्बले घटेको छ । मंगलबार ३२२ स्टकको ४६ हजार ८७५ पटकको कारोबारमा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सोमबार ६ अर्ब ५ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।  

कारोबारमा आएको पहिलो दिन नै मंगलबार माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ३१ रुपैयाँ ७० पैसा बढेर कम्पनीको शेयर मुल्य ३४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २७ करोड रुपैयाँबराबरको कारोबार भयो। राधी विद्युत कम्पनीको साढे २२ करोड र यूनियन हाइड्रोपावरको साढे १८ करोडबढीको कारोबार भएको छ।  

मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक २.२१ प्रतिशत तथा विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

प्रकाशित: १८ कार्तिक २०८२ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App