१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

तरलता व्यवस्थापनका लागि एक खर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज एक खर्ब रुपैयाँ बराबरको रकम उठाउन लागेको छ।

केन्द्रीय बैंकले सूचनामार्फत कूल ६१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागिएको जनाएको छ।

आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत रकम बोलकबोल हुनेछ। उक्त रकमको साँवा तथा ब्याज भुक्तानी भने आगामी साउन ६ गते हुनेछ। घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित: ८ जेष्ठ २०८३ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App