६ असार २०८३ शनिबार
image/svg+xml
अर्थ

ट्राफिक कारबाहीमा १९ लाख बढी राजस्व संकलन

फाइल तस्बिर

बितेका २४ घण्टामा दुई हजार ४५८ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गर्ने १५५, नियमविपरीत 'राइड सेयरिङ' गर्ने ८७, संकेत बत्ती उल्लङ्घन गर्ने १२४ र तीव्र गतिमा सवारी साधन हुइँक्याउने १५७ जनालाई कारबाही गरिएको हो।

यसैगरी, 'लेन' अनुशासन पालना नगर्ने ८०, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने ९८, सवारी साधनको अवस्था परीक्षण नगरी सडकमा सवारी निकाल्ने २२ र अन्य सवारी नियम पालना नगर्ने एक हजार ६२७ जनालाई कारबाही गरिएको छ।

प्रकाशित: ६ असार २०८३ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App