१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

बेरुजु फर्स्योट गर्न मन्त्रीको निर्देशन

कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बेरुजु फर्स्योट गर्न मातहत निकायका कर्मचारीलाई निर्देशन दिएका छन् ।  शुक्रबार विराटनगरमा आयोजित प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै मन्त्री राईले यस्तो निर्देशन दिएका हुन् ।  

आफू मन्त्री भएपछि भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालयको पुरानो वेरुजु उल्लेख्य घटाएको भए पनि नयाँ थपिनेक्रम नरोकिएको राईले बताए । उनले स्वास्थ्य मन्त्रालय मातहत कार्यालयको वेरुजु फर्स्योट गर्न निर्देशन दिए । उनले भने,‘खर्च गर्न आउने फर्स्योट गर्न नआउने भन्ने हुँदैन तपाईहरूले तत्काल वेरुजु फस्र्यौट गर्नुंहोस् ।’  

सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि जेन्जी आन्दोलन भएकाले दुबै विषयलाई अब जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासबाट समाधान गर्नुपर्ने मन्त्री राईको धारणा छ । कार्यक्रममा स्वास्थ्य मन्त्रालय कोशीका सचिव यदुचन्द्र घिमिरे, स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका निर्देशक ज्ञानबहादुर बस्नेतलगायतले मन्तव्य राखेका थिए ।  

कार्तिक ३० गते सम्म सञ्चालनहुने कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको छ ।  

प्रकाशित: २८ कार्तिक २०८२ १७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App