५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

महिला उद्यमी महासंघको मधेस प्रदेश कमिटी गठन

महिला उद्यमी महासंघ नेपालको मधेस प्रदेश कमिटी गठन भएको छ। शुक्रबार महोत्तरी बर्दिबासमा एक  कार्यक्रमबिच प्रदेश कमिटी गठन गरेको हो ।

प्रदेशका आठ वटै जिल्लाबाट उपस्थित महिला उद्यमी महासंघका सदस्यहरूले नौ सदस्य प्रदेश कमिटी गठन गरेका छन् ।

अध्यक्षमा देव कुमारी (सविना) उपाध्यक्षमा चन्चला दास, सचिवमा सुनैना ठाकुर र कोषाध्यक्षमा जानुका चौलागाई छनौट भएकी हुन् ।

त्यस्तै प्रतिमा कोइराला, संगम कुमारी गोले, लिला ठाकुर, पार्वती चौधरी र निभा दास रहेकी छिन् । शुक्रबार छनौट भएकी प्रदेश कमिटीलाई महिला उद्यमी महासंघ नेपालको केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले पद तथा गोप्यनियताको शपथ ग्रहण गराइएकी छिन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य शारदा थापा र विशिष्ट अतिथि महोत्तरी बर्दिबास नगरपालिकाका प्रमुख पहलाद क्षेत्री रहेका थिए।

महिला उद्यमी महासंघ नेपालले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गर्दै प्रदेश कमिटी गठन गरेको छ। महासंघले यसअघि बागमती कोशी, लुम्बिनी र कर्णालीमा प्रदेश शाखा गठन गरेको थियो ।

कार्यभार सम्हाल्दै नवनिर्वाचित कार्यसमिति सदस्यहरूले महिलालाई आर्थिक तथा सामाजिक रुपमा बलियो बनाउन आफूहरूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । 

प्रकाशित: ३० श्रावण २०८२ १४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App