कोशी प्रदेश सरकारले आगामि आर्थि वर्ष २०८३/०८४का लागि ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक गरेको छ।
सोमबार प्रदेशसभा बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री लिदुरकुमार लिङ्थेपले ४० अर्ब ४४ करोड ५८ लाखको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
जसमा चालु तर्फ १३ अर्ब ९७ करोड ६३ लाख र पूँजीगत तर्फ २० अर्ब ७५ करोड ९९ लाख बजेट विनियोजन गरिएको छ।
यस्तै वित्तीय व्यवस्थापनतर्फ १५ करोड र स्थानियतह वित्तीय हस्तान्तरण तर्फ ५ अर्ब ५६ करोड ३६ लाख बजेट विनियोजन गरिएको छ। बजेटको स्रोततर्फ प्रदेशसरकारको आन्तरिक स्रोतबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड र वित्तीय समानिकरणबाट ९ अर्ब १२ करोड प्राप्त हुने अनुमान गरिएको लिङ्थेपले बताए।
यस्तै सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड, समपुरकबाट ६४ करोड, विशेष अनुदानबाट ५५ करोड, रोयल्टीबाट ४१ करोड, सोझै नगद भुक्तानीबाट २० करोड र नगदमौज्दातबाट ५ अर्ब प्राप्त हुने अनुमान गरिएको लिंथेपले जानकारी दिए।
कोशी प्रदेशको बजेटले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। पूर्वाधार विकास तर्फ १२ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ।
यस्तै उर्जा, खानेपानी, सिंचाई तथा सरसफाइका लागि ६ अर्ब २८ करोड, पर्यटन वन तथा वातावरणतर्फ ३ अर्ब ४९ करोड, सामाजिक विकासतर्फ ३ अर्ब १० करोड, कृषि उद्योग तथा सहकारीतर्फ २ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको छ।
स्वास्थ्य सेवा विस्तारका लागि ३ अर्ब ६१ करोड, अर्थ योजना तथा तथ्यांकतर्फ १ अर्ब ५९ करोड, सुशासन तर्फ ६२ करोड विनियोजन गरिएको छ। यस्तै कानुनी शासन, शान्ति सुरक्षा र विपद् व्यवस्थापनतर्फ ९४ करोड विनियोजन गरिएको छ।
यस्तो छ कोशीको बजेटको पूर्णपाठ:
प्रकाशित: १ असार २०८३ १८:१३ सोमबार





-600x400.jpg)