२० वैशाख २०८३ आइतबार
image/svg+xml
अर्थ

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट

कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आज सोमबार आईपीओ बाँडफाँट गरिएको हो।  

कम्पनीले चैत २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो। जसको कुल मूल्य ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबर थियो।

उक्त आईपीओमा २७ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिएका थिए। तीमध्ये २६ लाखभन्दा बढी आवेदन स्वीकृत भएका थिए।

आवेदन संख्या अत्यधिक भएपछि गोलाप्रथा विधिबाट शेयर बाँडफाँट गरिएको हो। जसअनुसार ६८ हजार ४७५ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।

प्रकाशित: ७ वैशाख २०८३ १५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App