सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व संकलन गरेको छ।
मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट रु २२ करोड ५८ लाख ५७ हजार १८९, धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट रु ८४ लाख ७३ हजार ६५० र मकालु आरोहण गर्ने तीन आरोहीबाट रु छ लाख ८८ हजार ५० राजस्व प्राप्त भएको हो।
यसैगरी, हिम्लुङ आरोहण दलका १३० जनाबाट रु ७९ लाख ७४ हजार २० र आमादब्लम आरोहणका टोलीका ४७६ जना आरोहीले रु सात करोड १३ लाख ४७ हजार १०० सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन्।
प्रकाशित: ४ मंसिर २०८३ १७:२९ शुक्रबार





