१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेमा सुधार, कारोबार रकममा साढे एक अर्बको वृद्धि

नेप्से परिसूचक सोमबार दोहोरो अंकले बढेको छ । पछिल्ला २ कारोबार गिरावट आएको नेप्से सोमबार २८.७३ अंकले बढेर २६३९्.३७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.७१ अंक, फ्लोट इण्डेक्स २.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको हो।  

सोमबार कारोबार रकममा झण्डै साढे एक अर्बले वृद्धि भयो । सोमबार ३३५ स्टकको ८४ हजार ९९० पटकको कारोबारमा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड २४ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार ५ अर्ब १ करोड रुपैयाँको कारोबार भएको थियो ।  

सोमबार ६ कम्पनीहरु सागर डिष्टिलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज, बन्दीपुर केबलकार एण्ड टुरिजम रु रु जलविद्युत परियोजना र बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी र हिम स्टार उर्जा कम्पनी र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको शिवम् सिमेन्ट्सको ३८ करोड ६९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब २१ करोड र एसवाई प्यानल नेपालको कारोबार रकम साढे १७ करोड रुपैयाँको कारोबार भयो ।  

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशतले वृद्धि भयो । 

प्रकाशित: २१ पुस २०८२ १५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App