नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले युवा आन्दोलनका कारण उत्पन्न अस्थिर परिस्थितिलाई मध्यनजर गर्दै भदौ २५ र २६ गते दुई दिन सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरेको छ।
नेप्सेका प्रवक्ता मुरारी पराजुलीले लगानीकर्ता र कारोबार सदस्यहरूको अनुरोधलाई ध्यानमा राखेर कारोबार रोकेको बताए। ‘हालको विषम परिस्थितिका कारण कारोबार स्थगन गर्न अनुरोध आएको थियो,’ उनले भनेका छन्।
आन्दोलनको प्रभावले देशभर सामाजिक र राजनीतिक अस्थिरता बढिरहेको बेला आएको हो। नेप्सेले बजारको स्थिरता र लगानीकर्ताको सुरक्षालाई प्राथमिकता दिएको जनाएको छ।

प्रकाशित: २५ भाद्र २०८२ ०९:२६ बुधबार





