२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
अर्थ

मुलुकको आर्थिक उन्नयनका लागि काम गर्छुः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  

महासङ्घ अध्यक्षको कार्यभार सम्हाल्नुअघि सङ्क्षिप्त कुरा गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।  

उद्यमी व्यवसायीका साथै लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उनले बताए। निजी क्षेत्र र सरकारबीचको साझेदारी अपरिहार्य छ भन्दै उनले राष्ट्रको समृद्धि आपसी साझेदारीबाटै सम्भव हुने बताए।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बुधबारदेखि महासङ्घको अध्यक्ष भएका हुन्। महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार उनले कार्यभार सम्हाल्न लागेका हुन्।  

अध्यक्ष श्रेष्ठ साढे दुई दशकदेखि महासङ्घमा आबद्ध छन्। उनी व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक समेत हुन्। रासस

प्रकाशित: २३ वैशाख २०८३ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App