१६ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

विराटनगरमा ‘घर निर्माण प्रदर्शनी–२०८२’ सम्पन्न, ५ हजारभन्दा बढीको सहभागिता

घर निर्माण प्रदर्शनीको समापन कार्यक्रममा सहभागिहरू । तस्बिरः चुमन बस्नेत/नागरिक

घर निर्माण प्रदर्शनी–२०८२ विराटनगरमा सम्पन्न भएको छ। उद्योग संगठन मोरङको आयोजनामा चैत १२ गतेदेखि सुरु भएको प्रदर्शनी सोमबार सफलतापूर्वक सम्पन्न भएको हो।

विराटनगरस्थित जैन भवनमा आयोजना गरिएको उक्त प्रदर्शनीमा करिब ७५ वटा स्टल राखिएका थिए। आयोजकका अनुसार प्रदर्शनी अवलोकन गर्न ५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो।

घर निर्माणका लागि आवश्यक सामग्री, प्रविधि तथा सेवासम्बन्धी जानकारी एउटै थलोबाट उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए। उनले पहिलो पटक विराटनगरमा आयोजना गरिएको यो प्रदर्शनी अपेक्षाअनुसार सफल भएको बताए।

प्रदर्शनीले घर निर्माण गरिरहेका तथा निर्माण गर्ने योजना बनाएका सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुगेको आयोजकको दाबी छ। साथै, स्वदेशी निर्माण सामग्रीको बजार प्रवर्द्धनमा समेत सहयोग पुगेको जनाइएको छ।

कार्यक्रममा राजेन्द्र राउत ले प्रदर्शनीले निर्माण क्षेत्रलाई चलायमान बनाउन योगदान दिएको बताए भने विद्युकुमार लिङ्थेप ले सुरक्षित र व्यवस्थित घर निर्माणमा यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिएको उल्लेख गरे।

उनले स्थानीय उद्योगीले उठाउँदै आएको औद्योगिक प्रदर्शनी स्थल निर्माणमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रकाशित: १६ चैत्र २०८२ २०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App