नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (४) बमोजिम उक्त निर्णय गरिएको जनाएको हो।
प्राधिकरणले बिहीबार सूचना जारी गरेर कम्पनीलाई पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य तथा यसअघि स्वीकृत भइसकेका पुनर्बीमा व्यवसायसम्बन्धी ‘रेट्रोसेसन’ गर्ने कार्यबाहेक नयाँ पुनर्बीमा कारोबार गर्न रोक लगाएको जानकारी दिएको हो। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म लागू रहने गरी उक्त प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ।
प्राधिकरणकाे यही वैशाख २९ गते बसेकाे बैठकले साे निर्णय गरेकाे हाे।

प्रकाशित: ३१ वैशाख २०८३ १३:५५ बिहीबार





