५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अर्थ

सरकारले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खोलिदिनु पर्यो : पूर्वअध्यक्ष आचार्य

स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपाल (इप्पान) पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खोलिदिनु पर्ने बताएका छन्।

इप्पानको २६ ‌औं साधारणसभा तथा ८ ‌औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै आचार्यले यस्तो बताएका हुन्। ‘सरकारले जसरी निजी क्षेत्रलाई उत्पादनमा खुला गर्यो। विद्युत व्यापार र वितरणमा पनि खोलिदिनु पर्यो,' उनले भने, 'उत्पादनमा जस्तै व्यापार र वितरणमा पनि निजी क्षेत्र तयार छ।’

एकद्वार प्रणाली तत्काल लागू गर्नु पनि उनले सुझाए। आरसिओडी थप गर्दा कसलाई के घाटा हुन्छ? भन्ने प्रश्न गर्दै आचार्यले सरकारकै कारण ढिला भएका आयोजनाको आरसीओडी एकमुष्ट रूपमा थप हुनुपर्ने बताए ।

प्रकाशित: २९ जेष्ठ २०८३ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App