२९ असार २०८३ सोमबार
image/svg+xml
अर्थ

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार : आशिष गजुरेल

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्।

इप्पानको २४ ‌औं साधारणसभा तथा ८ ‌औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्। ‘नीतिगत तहमा केही सुधार गर्नु पर्ने भए हामीलाई सम्झाउनु होला। ऊर्जा क्षेत्रको विषयमा समस्या भएको हामीलाई भन्नु होला। हामी छलफल गरेर आवश्यक परे सम्बन्धित निकायलाई निर्देशन समते दिन सक्छौं,’ उनले भने।

नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्री ल्याएको बताउँदै गजुरेलले आगामी नीतिहरू थप निजी क्षेत्रमैत्री बनाउने पनि बताए।

‘हामीले निजी लगानीमैत्री बजेट ल्याएका छौं। हाम्रो लिएको नीति पूरा गर्न निजी क्षेत्रको आवश्यकता रहन्छ। हामी अझै निजी क्षेत्रमैत्री हुन्छौं,' उनले भने।

प्रकाशित: २९ जेष्ठ २०८३ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App