२० श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

राष्ट्रिय दललाई सरकारी अनुदान दिइने

सरकारले राष्ट्रिय राजनीतिक दललाई सरकारी अनुदान दिने प्रबन्धको तयारी गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत यसका लागि राजनीतिक बहस चलाउने घोषणा गर्दै त्यस्तो अनुदानका लागि पछिल्लो निर्वाचनको मत परिणामलाई आधार बनाउने बताएका हुन्। 

अर्थमन्त्री डा. वाग्लेले भने, ‘स्वस्थ राजनीतिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई पछिल्लो निर्वाचनमा प्राप्त मतका आधारमा सरकारी अनुदान उपलब्ध गराउन राजनीतिक बहस गराउने छाैं।’ 

प्रकाशित: १५ जेष्ठ २०८३ १७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App