२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउँदै

गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४:०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो।

प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App