२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बिक्री गर्ने भएको छ। निगमले आधा सिलिण्डर ग्यासको मूल्य प्रतिगोटा ९५५ रुपैयाँमा तय गरेको छ।

निगमले विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि आजदेखि लागु हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रतिसिलिन्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरिएको जानकारी दिएको हो।

आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ।

प्रकाशित: २९ फाल्गुन २०८२ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App