६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

एक फर्मलाई जरिवाना अर्कोलाई ताकेता

बजार अनुमगनलाई तीव्र पार्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ। स्थललगत अनुमगनका क्रममा कैफिय देखिएपछि काठमाडौं महानगरपालिका ११ ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई रु पाँच हजार जरिवाना गरेको छ।

यस्तै, विभागले हेल्दी बाइट्म सर्भिसेज प्रालि चाबहिललाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन भनेको छ। विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।

स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गरेर कानुन कार्यान्वयन गराउँदै आएको छ।

प्रकाशित: ६ फाल्गुन २०८२ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App