१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अर्थ

अर्थमन्त्रीले गठन गरे बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन, ९० दिनको समयसीमा

अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशीलकुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।

समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य छन्। समितिलाई बिमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको समय तोकिएको छ।

प्रकाशित: १९ श्रावण २०८३ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App