मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महिला उद्यमीहरुलाई मूलप्रवाहमा ल्याउन सम्पूर्ण रुपमा सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सिरहाको लहानमा बिहीबार नवगठित महिला उद्यमी संघको समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले भने,‘प्रतिभावन महिलाहरु आफ्नो प्रतिभालाई बाहिर ल्याउने वातावरण निर्माणका लागि प्रदेश सरकार सहकार्य र सहयोग गर्न तयार छ ।’ महिला सशक्त नभएसम्म समाज र प्रदेश र देश विकासले गतिलिन सक्दैन उनले भने,‘देश विकासमा महिलाको सहभागीतामात्र होइन नेतृत्वकारी भूमिकाआवश्यक छ । यसका लागि प्रदेश सरकार नीतिगत र कार्यागत तहमै योजनाबद्ध कार्य गर्न तयार छ, उनले भने ।’
'हरेक महिला उत्पादनशील काम गरिरहेका छन् । महिलाहरुको सीपलाई बजारीकरण गर्न सकिएको छैन.' उनले भने,‘सीपलाई बजारीकरण गरेर आयआर्जनको वातावरण बनाउन हामी सहयोग गछौं । अब सील्पी महिलाहरुको कला र सीलाई बजारमा उतार्ने माहोल हामी बनाउन तयार छौं, उनले भने ।
'मधेसका गाउँगाउँमा सील्पी र कालाले भरिएका महिलाहरु छन् तर उहाँहरुले आफ्नो सील्पी उत्पादनहरु ब्जारमा ल्याउन सक्नुभएको छैन,' मुख्यमन्त्री सिंहले भने,‘उत्पादनलाई बजारमा पुर्याउन नसक्नु मात्र आयआर्जनका बाधक हुन । यो बाधालाई फुकाएर बजार दिने वातावरण बनाउन सकिए मधेसका महिलाहरुमा उद्यमशीलताको विकास र प्रवर्द्धन गर्न सकिन्छ,' उनले भने ।

'हामी मन्दिरमा गएर माताहरुलाई पुजीरहेका छौं तर आफ्ना घरका माताहरुहरुलाई घरमा थन्काएर राखेका छौं,' मुख्यमन्त्री सिंहले भने,‘आब घरका माताहरु (महिलाहरु)को प्रतिभा र सीपलाई बाहिर ल्याउन सक्छुपर्छ । उहाँहरुले प्रतिभालाई उद्यमशीलतामा रुपान्तरण गर्ने वातावरण बनाउन सकिए देश आर्थिक र सामाजिक रुपमाबलियो हुन बेर लाग्दैन, उनले भने ।
मधेस प्रदेश सरकारले प्रदेशका हरेक वडाहरुमा कृषि महिला स्वंमसेविका राखेर व्यवसायिक कृषि उत्पादनतर्फ अघि बढाउने नीति ल्याएका जानकारी दिँदै मुख्यमन्त्री सिंहले गाउँघरमा पुरुषहरु विदेशिका बेला महिलाहरुले नै घर परिवारलाई भरथेग गरेको उल्लेख गरे । उनले भने, 'उहाँहरुलाई उद्यमी बनाउन सकिए महिलाहरु आत्मनिर्भर बन्नेछ । र, महिलाहरु आत्मनिर्भर भए समाज र देश आत्मनिर्भर बन्न बेर लाग्दैन्।’
'देशको जनसंख्या ३ करोड र तर सिटिइभिटिबाट सीपमूलकतालिमलिनेको संख्या १४ करोड छ, मुख्यमन्त्री सिंहले भने, ‘सीपविकास तालिम लिएकाहरु उद्यम गरेको संख्या न्यून छ । एकै जनाले धेरै तालिम लिएर प्रमाण पत्र थन्काएर राखेका छन् ।’
सिरहा आँपका लागि प्रख्यात रहेपनि बजारीकरण गर्न नसकिएको बताउँदै उनले आँपको क्यान्डी, अमोट, अचार, जुस लगायतका परिकार बनाएर बजारमा ल्याउन सके उत्पादनलाई उद्यमी शीलतासँग जोड्न सकिने धारणा राखे । यसबाट महिलाहरुलाई उद्यमी बन्न समेत सहज हुने उनको भनाइ थियो ।
मधेशका महिलाहरु अत्यन्त सील्पी भएपनि सीपले स्थान नपाएकाले पछि परेको चर्चा गर्दै उनले अब महिलाहरुहरुको सीपलाई घरभित्र खुम्चाएर राख्न नहुने धारणा राखे । यसका लागि प्रदेश सरकार सहयोगी र सहयात्री बन्न तयार रहेको उनको भनाइ छ ।

लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले महिलाहरुलाई उद्यमशीलता विकास गर्न आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न नगरपालिका तयार रहेको बताए । नवगठित उद्यमी महिला संघ सिरहाका पदाधिकारीलाई बधाई दिँदै उनले भने,‘महिलाहरुलाई आत्मनिर्भर र उद्यमका लागि चाहिने सम्पूर्ण सहयोग गछौं ।’ महिला सशक्त र उद्यमी भए हरेक हिसावले समाज विकाशित हुने चर्चा गर्दै मेयर चौधरीले एउटा उद्यमी महिलाले आफ्नो घरलाई मात्र नभइ पुरै समाजलाई पनि मजबुत बनाउने दाबी गरे ।
मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदीले मधेसका महिलाहरु घरेलु हिंसाको सिकार हुनुको प्रमुख कारण आत्मनिर्भर नहुनु रहेको बताए । आर्थिक परनिर्भरताका कारण महिलाहरु घरभित्र हिंसा खेप्न बाध्य बनिरहेको चर्चा गर्दृ उनले यसको अन्त्यका लागि महिलाहरुलाई उद्यममा सहभागी गराउनआवश्यक रहेको उल्लेख गरे । उनले भने, 'यसले अन्ततः घरेलु लगायतका हिंसाबाट मुक्ति पाउँछन् । उद्यमी महिलाहरुलाई सुरक्षित रुपमा उद्यम गर्ने वतावरण निर्माणका लागिआवश्यक सम्पूण सहयोग गर्न मधेस प्रदेश प्रहरी प्रतिवद्ध छ ।'

महिला उद्यमी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले महिलाहरूलाई आर्थिक रुपमा सशक्त बन्न उद्यमशीलताको बाटो अपनाउनुपर्नेमा जोड दिइन् । उनले महिला उद्यमशीलता प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीतिगत र कार्यक्रमगत व्यवस्थाका विषयले महिलाहरुलाई सशक्तिकरणको बाटोतर्फ उन्नमुख गराएको चर्चा गर्दै महिला उद्यमी महासंघको नेतृत्वमा देशभरीका महिलाहरुमा उर्जाको सञ्चार भएको दाबी गरिन् । केही गर्ने हुटहुटी भएर पनि घरभित्र खुम्चिएका महिलाहरुमा अहिले उद्यम गर्ने आत्मनिर्भर बन्ने जोश पलाएको उनको दाबी थियो । उनले भनिन्,'उहाँहरुलाई तीनै तह (स्थानीय, प्रदेश र संघीय) सरकारबाट सहयोगको आवश्यकता छ । ‘सरकारबाट सहयोग भए महिलाहरु समाज र देश विकासमाअब्बल सावित भएर देखाउँछन् । जसले अन्ततः देश विकासमै टेवापुग्नेछ ।'
अध्यक्ष ज्ञवालीले भनिन्. ‘अहिले महिलाहरू आर्थिक सशक्तिकरणको क्षेत्रमा कमजोर छन्। अब उद्यमशीलतामा लाग्न जरुरी छ। महिला दिदीबहिनीहरुका लागि साना, घरेलु र मझौला उद्योगमा काम गर्ने वातावरण सहज र सुरक्षित हुनुपर्छ। यसका लागि नीति तथा नियमहरू महिलामैत्री हुनुपर्छ।’
महिला उद्यमशीलताको माध्यमबाट घरेलु तथा स्वदेशी उत्पादनमा वृद्धि गर्नुपर्ने उनको धारणा थियो। भारतमा महात्मा गान्धीले चर्खा चलाएर स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको प्रशंग निकाल्दै ज्ञवालीले हामी पनि स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर देशको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने दाबी गरिन् ।
ज्ञवालीले महिलाहरुको शिक्षामा पनि विशेष जोड दिनुपर्ने बताउँदै भनिन्, ‘जब महिलाशिक्षित हुन्छिन्, तब उनीआर्थिक रुपमा सशक्त हुन्छिन्। छोराछोरीलाई शिक्षितबनाउन सकिन्छ र परिवार सहज ढंगले चलाउन सकिन्छ।’
महिला उद्यमी महासंघले विगत २३ वर्षदेखि महिलाहरूलाई उद्यमशील बनाउन र आर्थिक तथा सामाजिक क्षेत्रमा सशक्त तुल्याउन सक्रिय भूमिका खेल्दै आएको बताउँदै उनले महासङ्घमा हालसम्म ७७ वटै जिल्लामा आफ्नो संगठन निर्माण गरिसकेको जानकारी दिइन् ।
एक वर्षमा १८ वटा नयाँ महिला उद्यमी संघ र त्यतीकै संख्याको संघलाई पुर्नजीवनदिएको उनले बताइन। ज्ञवालीका अनुसार महिला सशक्तीकरणको आधार उद्यमशीलता, स्वदेशीउत्पादन र शिक्षामाआधारित हुनुपर्छ। जसले महिलामात्र नभई सम्पूर्ण समाजलाई आर्थिक र सामाजिक विकासको बाटोमा लैजान मद्दत गर्छ।
महिला उद्यमी संघ सिरहाको नव गठित कार्यसमितिलाई बिहीबार संघकी केन्द्रिय अध्यक्ष शोभा ज्ञवालीले सपथ गराएकी छिन् । नव गठित कर्यसमिति अध्यक्षमा खुस्बु जयसवाल, उपाध्यक्ष पार्वती चौधरी, महासचिव अनुपम झा, कोषाध्यक्ष जानुका पाराजुलीसहित ११ जना छन् ।
प्रकाशित: १५ श्रावण २०८२ १९:१३ बिहीबार





