२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अर्थ

फतुवा विजयपुरले ल्यायो ५६ करोडभन्दा बढीको बजेट

रौतहटको फतुवा विजयपुर नगरपालिकाले ५६ करोडभन्दा बढीको बजेट ल्याएको छ । असार १० गतेसम्म ल्याउनुपर्ने पालिकाको बजेट आन्तरिक कारणले ढिलो हुन जाँदा साउन ३० मा ल्याउन सफल भएको हो ।  

नगरपालिकाको सभाहलमा शुक्रबार वडाध्यक्ष राकेश यादव पप्पुले चालु आर्थिक वर्षका लागि ५६ करोड ३२ लाख ९५ हजार १५१ रुपैयाको बजेट ल्याएको हो । नपाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको निर्देशनमा वडाध्यक्ष पप्पुले नगरसभामा पेश गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।  

सभामा नीति तथा कार्यक्रम पेश गर्दै कावा नगर प्रमुख खातुनले आन्तरिक कारणले नगरसभा गर्न केही ढिला भएको भए पनि सबैजना एकजुट भएर बजेट ल्याएको बताएकी छन् । नगरसभाको पक्षमा सम्पूर्ण सभासद रहेकाले शान्तिपूर्ण रुपमा बजेट अधिवेशन सम्पन्न भएको बताएकी छन् । कावा नगर प्रमुख खातुनले चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नम्बर ९, १० र ११ का ८४ भूमिहीन सुकुम्बासीलाई जग्गाको प्रमाणपुर्जा वितरण गरिने विशेष कार्यक्रम समावेश गरिएको जानकारी गराएकी छन् ।  

प्रदेशसभा सदस्यका प्रत्याशी महम्मद सेराजले नगरपालिकाको बजेट सन्तुलित भएको प्रतिक्रिया दिँदै नगरपालिका समृद्धितर्फ लम्किने विश्वास लिएको सेराजले बताएका छन् ।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले समृद्ध पालिका निर्माणका लागि आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, वन तथा वातारण र विपद् व्यवस्थापन, संस्थागत सेवा प्रवाह, भूमिहीन सुकुम्बासी, पोषण तथा रोजगारी र लघु उद्यम कार्यक्रमका लागि बजेट छुट्याइएको जानकारी गराएक छन् ।  

यसैगरी नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले चालू आर्थिक वर्षको बजेट आउन केही ढिलो भए पनि समयमै सबै योजना तथा कार्यक्रम लागू हुने वातारण निर्माण भएको बताएका छन् । नगरसभामा सबै पक्षको सहयोग रहेको र आगामी दिनमा पनि यसै गरी सहयोग रहने अपेक्षा पनि गरेका छन् ।  

रौतहटमा अझै पनि तीन पालिकाको बजेट आउन बाँकी रहेको सन्दर्भमा फतुवा विजयपुरले बजेट ल्याएको हो । फतुवा विजयपुर नपामा सधैँ विवाद रहँदै आएको देखिन्छ ।

प्रकाशित: ३० श्रावण २०८२ २०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App