२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अर्थ

बिजुलीको पैसा तिरेपछि जगदम्बा स्टिलमा जोडियो बत्ति

बारा–पर्सा औद्योगिक करिडोरमा रहेको जगदम्बा स्टिलले विद्युत् बक्यौताको पहिलो किस्ता बुझाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, बुधबार कम्पनीले डेडिकेटेड तथा ट्रंकलाइन सम्बन्धी बक्यौताको पहिलो किस्ता तिरेको हो । प्राधिकरणका अनुसार जगदम्बा स्टिल सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो, जसको कुल बक्यौता एक अर्ब ६० करोड १८ लाख रुपैयाँ रहेको छ ।

बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरिएको र त्यसअनुसार कम्पनीले पहिलो किस्ताका रूपमा पाँच करोड ७२ लाख ९ हजार रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ ।

पहिलो किस्ता बुझाएपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको बिजुली लाइन बुधबार साँझ पुनः जडान गरिएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

 

प्रकाशित: २६ कार्तिक २०८२ २०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App