सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो।
सरकारले यस वर्ष विद्युत चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल लिएका थिए। उनले चुहावट नियन्त्रणका लागि आवश्यक दक्ष प्राविधिक जनशक्तिको परिचालनदेखि समग्र व्यवस्थापनका लागि आवश्यक निर्देशन र पहल गरेका थिए।
मन्त्री श्रेष्ठको सक्रियतामा १२.२६ प्रतिशत चुहावट १२.१६ प्रतिशतमा झरेको हो। प्रधानमन्त्री कार्यालयले चुहावट १२.२० प्रतिशतमा झार्न ऊर्जा मन्त्रालयलाई लक्ष्य दिएपनि चुहावट लक्ष्यभन्दा ०.४ प्रतिशत बढीले नियन्त्रणमा आएको हो।
नेपाल विद्युत प्राधिकरणकाअनुसार ०८१/०८२ मा १२.२६ प्रतिशत विद्युत चुहावट ०८२/०८३ मा १२.१६ प्रतिशतमा झरेको हो। चुहावट अझै न्यूनीकरण गर्नेगरी प्राविधिक पक्ष र व्यवस्थापनलाई चुस्त बनाइएको मन्त्री श्रेष्ठले बताए।प्राधिकरणकाअनुसार चोरी, मर्मत सम्भारको कमजोरी, लोड म्यानमेन्टका कुराले विद्युत चुहावट हुनेगर्छ। हाल प्राविधिक समस्याहरु आउँदा तत्कालै रेस्पोन्स गरेकाले पनि चुहावट नियन्त्रण हुँदै गएको हो।
विद्युत नेटवर्क स्तरोन्नति, समयमा मर्मत सम्भार र प्राविधिक पक्षको सुधारलाई आक्रामक रुपमा अगाडि बढाइ चुहावट नियन्त्रणलाई तीव्रता दिइएको ऊर्जा मन्त्रालयले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको तथ्यांक हेर्दा दक्षिण एसियामा औसतमा १३.८ प्रतिशत चुहावट रहेको छ ।
प्रकाशित: ९ मंसिर २०८३ १६:०० बुधबार




-600x400.jpg)