१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

देशभर नयाँ सवारी साधन दर्ता नगर्न विभागको परिपत्र

यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ।

सडकमा अत्यधिक सवारी चाप, प्रदूषण र ट्राफिक जामलाई मध्यनजर गर्दै विभागले देशैभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता नगर्न परिपत्र गरेको जनाएको छ। यो सँगै अब देशभर कुनै पनि नयाँ सार्वजनिक सवारी साधन दर्ता नहुने भएका छन्।

यो व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि जारी रहने विभागको भनाइ छ। विभागले जेठ ७ गते सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय र देशैभरिका सबै स्थानीय तहलाई यस्तो परिपत्र जारी गरेको हो।

विभागको निर्देशानुसार अब इन्धनबाट चल्ने मात्र नभएर विद्युतीय सवारी साधन समेत दर्ता गर्न पाइने छैन। देशको सडक क्षमता, इन्धन र प्रदूषण, यात्रु क्षमता र लगानी जोखिमलाई हेरेर विभागको यो निर्णय लिएको जनाएको छ।

विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गर्दै यो निर्णय गरेको जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०८३ १०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App