४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

डेबिट कार्ड कारोबारको सीमा घट्यो, एटिएमबाट झिक्न सकिने रकम कम

नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको निर्देशन अनुसार डेबिट कार्डबाट हुने कारोबारको सीमा २० देखि ५० प्रतिशत घटाइएको छ।

हाल एटिएमबाट प्रतिकारोबार २५ हजार, दैनिक एक लाख र मासिक चार लाख रुपैयाँ झिक्न सकिन्छ। अब भने प्रतिकारोबार २० हजार, दैनिक ५० हजार र मासिक तीन लाख रुपैयाँ मात्रै झिक्न सकिनेछ।

बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रतिकारोबार १० हजार, प्रतिदिन २० हजार र प्रतिमहिना दुई लाख रुपैयाँको सीमा यथावत छ।

क्रेडिट कार्डको सीमा पनि परिवर्तन भएको छैन। 

प्रकाशित: २५ आश्विन २०८२ ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App